भीमबहादुर हत्या प्रकरण : विरोधको नयाँ स्वरुप सार्वजनिक, धर्नादेखि आमहड्तालसम्म

admin

काठमाडौँ, कात्तिक २२ : दलित संर्घष समितिले चितवनका भीमबहादुर विश्वकर्माको ह त्या रा लाई हदैसम्मको कारबाहीको कानुनी पहल गर्ने भएको छ ।

ह त्याको वि रु द्धमा विभिन्न आन्दोलन तथा विरोध कार्यक्रम गर्दै आएको समितिले आज एक विज्ञप्ती जारी गर्दै आगामी रणनितीबारे जानकारी गराएको हो ।

भरतपुर नगरपालिकाका ५८ वर्षीय विकको गत असोज २८ मा मन्दिर प्रवेश गर्न पाउनुपर्ने विषयमा भएको विवादमा स्थानीयको कुटपिटका का र ण मृत्यु भएको थियो।

जातिय छुवाछुतकै कारण विकले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन हुँदै आएको छ ।

यस्तै समितिले दलितमाथि हुुने हरेक घ ट नाका वि रु द्ध सांकेतिक विरोध,खबरदारी,ध र्ना,भेला,लगायतका विरोधका कार्यक्रम गर्ने घोषणा पनि गरेको छ । हरेक दलितमाथी भएको विभेदका घटनाको स्थलगत निरिक्षण गर्ने र आवश्यक परेमा चक्काजाम,आमहड्ताल र सशक्त प्रतिरोध समेत गर्ने समितिले निर्णय गरेको छ ।

त्यसैगरी दलितमाथि अपमान,विभेद र छुवाछुत गर्नेलाई सामाजिक वहिष्कार गर्ने,जनगणना २०७८मा दलितमाथी विभेद र अपमान गर्ने खालका धर्म,संस्कार,संस्कृति र शब्द प्रयोग नगर्न नगराउन सरोकारवालालाई ध्यानाकर्षण गराउने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया