सात वर्षीया बालिकाको हत्या

admin

कर्णाली, २३ कात्तिक : लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रे टे र ह त्या गरिएको अवस्थामा प्र ह रीले श व फेला पारेको छ ।

लेकबेँसी इलाका प्र ह री कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रे टिएको अवस्थामा सोमबार श व फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्र ह री कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्र ह री कार्यालयमा खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्र ह री निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्र ह रीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा श व फेला पारेको थियोे ।

घ ट नास्थलमा जिल्ला प्र ह री कार्यालयका प्र ह री उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्र ह री अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया