प्रदेश २ का प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी

admin

जनकपुरधाम, कात्तिक २३ :   प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । मंगलबार प्रदेश प्रमुख मिश्रले विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश जारी गरेका हुन् ।

गत कार्तिक ९ गते मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष वीरगन्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यायसम्बन्धी अध्यादेश सिफारिस गरेको थियो । सोही अध्यादेश आज जारी भएको हो ।

प्रदेश सरकारले संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको थियो । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै अब दुवै विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

प्रतिक्रिया