अदालतमा नियमित सुनुवाई र बहस गर्न भन्दै बारलाई ज्ञापन पत्र

admin

काठमाडौँ, कात्तिक २३ :  अदालतमा नियमित सुनुवाई र बहस नहुदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनमा ज्ञापन पत्र बुझाएको छ ।

न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको र इजलास बहिष्कार गर्दा सर्वसाधारणहरु समस्यामा परेको भन्दै अभियानले नियमित इजलास चलाउने वातावरण बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै अधिवक्ता स्वागत नेपालले बारका आन्दोलनका कारण थुनुवा र वन्दीका मुद्धाहरु प्रभावित भएको बताउनुभयो । उहाले प्रधानन्याधिशले गरेका गल्तीको सजाय हुनुपर्ने , न्यायधिशलाई न्यायलयमा प्रवेशमा रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । तीन दिनभित्र आफुहरुको माग पुरा नभए गलत कार्यको नेतृत्व गरेका व्यक्तिलाई बारमा नै प्रवेश रोक लगाउने उहाले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष श्रेष्ठले न्यायपालीकालाई सुद्धिकरण गर्नका लागि आफुहरुको आन्दोलन भएको बताउनुभयो । उहाले न्यायपालीकाको सुधारका लागि प्रधानन्याधिश बाधक भएकाले राजीनामा माग गरिएको जानकारी दिनुभयो ।

प्रधानन्यायधिशनको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ भने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सेतोपट्टी बाधेर बारको आन्दोलनको बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया