जनतासंगै छ्ठ मनाउन हिमानी तराईमा, हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

admin

काठमाडौँ, कात्तिक २३ : पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

२०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

धनुषा (जनकपुर)मा गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, पर्सा (विरगञ्ज)को घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

नेपाल नागरिक अभियानका संयोजक डा. ठाकुर मोहन श्रेष्ठले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम छठ कार्यक्रम गरिने बताउनुभयो । उहाले सुर्यको ताप र ज्योति हरेक अंगमा प्रतितापन भन्दै जिउदै देखिने भगवान भनेकै सुर्यनाथ भएको जिकिर गर्नुभयो ।

विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले कार्यक्रममा राष्ट्र र आम नागरिकको शान्ति, अमनचयनको लागि प्रकृति सुहाउँदो राजासहितको राजसंस्थाको माग गर्नुभयो । नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमा मात्र सिमित भएको छटपर्व सबैतिर पुर्याउनपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया