जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि

admin

काठमाडौँ, कात्तिक २३ : फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक होमनाथ उपाध्यायले विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिने जानकारी दिनुभयो ।

मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको उपाध्यायले बताउनुभयो ।

एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया