प्रचण्ड एमालेलाई समाप्त पारेर कांग्रेसको टाङ्मुनी छिरे : गोकर्ण विष्ट

admin

काठमाडौँ, कात्तिक २४ : नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलाई समाप्त पारेर कांग्रेसको टाङ्मुनी छिरेको आरोप लगाएका छन् ।

विगतमा एमालेको बैशाखी टेकेर प्रचण्डले राजनीतिक विडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारेर अहिले कांग्रेसको टाङ्मुनी छिरेको आरोप समेत लगाएका छन् । उनले वर्तमान अवस्थामा गठबन्धन कायम रहे काँग्रेसको अस्तित्व नरहने बताएका छन् ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका ५ नम्बर वडा कमिटीले आज बुधवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका विष्टले चुनावमा प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताएका हुन् ।

उनले प्रचण्डको इतिहास जहाँ छोयो त्यसलाई समाप्त पार्ने भएको दावी गर्दै प्रचण्डसंग आफ्नो स्वार्थको लागि सति जाने पहिचान भएको आरोप समेत लगाए ।

अबको दुई दशक एमालेलाई कसैले आँखा नलगाउन चेतावनी दिादै सचिव विष्टले आगामी निर्वाचनमा एमालेले एक्लै सानदार बहुमतका साथ मुलुकको नेतृत्व गर्ने दावी समेत गरेका छन् ।

प्रतिक्रिया