बागमती प्रदेशमा दुई मन्त्री थपिए

admin

हेटौंडा, कात्तिक २५ :  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दुई मन्त्री नियुक्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका सचिव निमा लामा स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

जम्कट्टेल पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। नवनियुक्त दुवै मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बिहीबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री पाण्डेले यसअघि आफू नियुक्त भएलगत्तै गठबन्धनका दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया