ओली निवासमा जनगणना, राधिका शाक्य घरमुली

admin

काठमाडौँ, कात्तिक २६ : केन्द्रीय तथ्यांक विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार जनगणना गरेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित ओलीको निवासमा पुगेर विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकहरुको उपस्थितिमा बिहीबार जनगणना गरिएको हो।

अध्यक्ष ओलीको उपस्थितिमा भएको जनगणनामा श्रीमती राधिका शाक्य घरमुली बसेकी छन्। विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम भएको बताए। राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको उनको भनाई छ।

बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो। सरकारले हिजो (२५ कात्तिक) देखि राष्ट्रिय जनगणना सुरु गरेको हो। जनगणना आगामी ९ मंसिरसम्म जारी रहने छ।

 

प्रतिक्रिया