५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

admin

काठमाडौँ, कात्तिक २६ : ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्र ह रीले एक जनालाई प क्रा उ गरेको छ। महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरूमुथु चेटियारलाई प क्रा उ गरेको हो।

उनलाई प्र ह रीले गत मंगलबार प क्रा उ गरेको महाशाखाका प्र ह री उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। चेटियारले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरूसँग आफ्नो कुरा भएको र अस्पतालमा पार्टनर बनाइदिने प्रलोभनमा पारी विभिन्न मानिसको विश्वास जितेको कोइरालाले बताए।

त्योसँगै उनले नेपालका विभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भन्दै झूटा कागजात तथा विवरण देखाएर ठगी गरेको खुलेको छ। प्र ह रीले उनीबाट विभिन्न संस्थाको परिचयपत्र पनि बरामद गरेको छ। त्यसमध्ये एक अन्तरार्ष्ट्रिय रेडक्रस कमिटीको हो।

उनले आफू त्यस संस्थाको डाइरेक्टर हुँ र सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध रहेको भन्दै ठगी गरेको भन्दै महाशाखामा जाहेरी परेको थियो। सोही जाहेरीको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई बालुवाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा विभिन्न बहानामा विभिन्न व्यक्तिबाट जम्मा ५० लाख रुपैयाँ ठगी गरिसकेको देखिन आएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। उनी यसअघि पनि २०७२ साल जेठ २२ गते पक्राउ परेका थिए। वैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पक्राउ परी डिल्लीबजार कारागारमा दुई वर्ष कैद र ३ लाख ५० हजार रकम धरौटी तिरेर छुटेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया