पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

admin

काठमाडौँ, कात्तिक २६ : राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनता अत्याधिक मारमा परेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष महर्जनले आयल निगमलाई जनतासँग फेश गर्न पनि गाह्रो भएको बताउनुभयो ।

अध्यक्ष महर्जनले १२ दिनमै सरकारले तेलको मूल्य बढाउनु गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गर्नुभयो । उहाँले विद्यार्थी नेताहरुले मन्त्रीहरुको घर–घरमा गएर आवाज उठाउनु पर्ने बताउनुभयो । सरकारको कूटनीति असक्षमताका कारण जनता मारमा परेको अध्यक्ष महर्जनको ठहर छ ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताउनुभयो ।

उहाँले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिनुभयो । महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया