प्रचण्ड अस्पताल भर्ना

admin

काठमाडौँ, कात्तिक २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।

प्रचण्डलाई उच्च रक्तचाप र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो।उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए।

प्रतिक्रिया