न्यायालयभित्रको बेथिति विरुद्ध साजन बिश्वकर्माको नेतृत्वमा युवाहरुले घेरे काठमाडौ

admin

काठमाडौँ, कात्तिक २७ : सर्वोच्च अदालतमा देखिएको बेथितिको विरुद्ध काठमाण्डौमा यूवाहरुले प्रदर्शन गरेका छन् ।

विगत दुई हप्तादेखी सर्वाेच्च अदालतमा कुनै पनि मुद्धाको सुनुवाई हुन सकेको छैन । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले सरकारमा भाग खोजेका, न्यायलयलाई सहि ढंगले संचालन गर्न नसकेको भन्दै न्यायधिशहरुले इजलाश बहिष्कार गर्दै आएका छन् ।

नेपाल बार एशोसिएशनले पनि विरोधका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही क्रममा ‘न्यायालयभित्रको बेथिति, विसंगति, लगायतका विषयका विरुद्धमा साजन बिश्वकर्मा नेतृत्वको युवाहरुले काठमाण्डौमा मोटरसाईकल ¥याली निकालेका हुन् ।

न्यायबाट आम जनता बञ्चित गर्न पाइदैन भन्दै काठमाण्डौ घट्टेकुलोबाट सुरु भएको -याली माईतीघर हुँदै रत्नपार्क परिक्रमा गरी पुनः माईतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै साजन विश्वकर्माले अधिवक्ता र न्यायधिशको नाटकले जनता मारमा परेको बताउदै यथाशीघ्र न्यायलय सुचारु गर्न आग्रह समेत गरे ।

यूवाहरुले सिद्धान्त र विचारभन्दा राष्ट्र पहिलो प्राथमिकता भएको भन्दै न्यायलयभित्रको बेथितिको विरुद्धमा उभिएका थिए । उक्त ¥यालीमा साजन विश्वकर्मासंगै बब्लु गुप्ता,हेमराज थापा,बिमल पन्त,नगेन्द्र देउजा लगायत रहेका थिए ।

प्रतिक्रिया