भक्तपुर, कात्तिक २७ : भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक जनाको मृ त्यु भएको छ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका–३ झौखेलका २७ वर्षीय राजेश सुलुको डुबेर मृ त्यु भएको हो।
डुबेको जानकारी पश्चात महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक श्याममणि पोख्रेलको नेतृत्वमा १० जनाको टोली परिचालन भएको थियो।
साँझ करिव पौने ५ बजे डुबेका उनलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा करिब साढे पाँच बजे मृ त्यु भएको प्र ह री परिसरले जनाएको छ।