स्वागत नेपालसहित चार वकिल बार भवनबाटै पक्राउ

admin

काठमाडौँ, कात्तिक २८ : नेपाल बार एसाेसियसनको आन्दोलनको विरोध गर्दै अनसन बस्न खोज्ने चारजना वकिल प क्रा उ परेका छन्।

रामशाह पथस्थित बार एसाेसियनको भवनमा अनसन बस्न पुगेका अधिवक्ता स्वागत नेपालसहितका चारजनालाई प क्रा उ गरिएको हो।

उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्र ह रीले जनाएको छ।

बारले राणाको राजीनामा माग्दै आन्दोलन गरिरहे पनि नेपालसहितका केही कानुन व्यवसायी भने प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाको पक्षमा देखिँदै आएका छन्।उनीहरुले सेटोपट्टि बाँध्ने, खाली इजलासमा बहस गर्ने जस्ता कार्य यसअघि पनि गरेका थिए।

प्रतिक्रिया