आन्दोलन गर्ने सात पत्रकार पक्राउ

admin

काठमाडौँ, कात्तिक २८ : दोलखाको मुरे चरिकोट जोड्ने सडक खण्डको काम समयभित्र सम्पन्न नगरेको भन्दै दवावको लागि आन्दोलनमा उत्रिएका सात पत्रकारलाई प्र ह रीले प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन् ।

प क्रा उ परेका उनीहरुलाई जिल्ला प्र ह री कार्यालय दोलखामा राखिएको छ । सो सडक खण्ड निर्माण नहुँदा एक लाखभन्दा बढी जनताले दुख पाएका छन् । सो सडकले निर्माणको निम्ति ६ वर्षअघि ठेक्का लागेको थियो ।

तर ठेकेदारको लापरबाही र सरकारी पक्षको बेवास्ताका कारण सडक निर्माण अलपत्र परेको छ । प्र ह रीले उनीहरुलाई लामो साँघु–जिरी सडक सुधार आयोजनाका कार्यालयबाट प्र ह रीले प क्रा उ गरेको हो ।

प्रतिक्रिया