वारपारमा बार

admin

काठमाडौँ, कात्तिक २९ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजारविरुद्धको आन्दोलन चर्काउँदै लगेको छ । जबराले भने राजीनाममा माग्ने न्यायाधीश र कानुन व्यवसायीलाई फकाउने प्रयास जारी राखेका छन् ।

आन्दोलनमा ुब्याक गियरु नभएको भन्दै बारले निष्कर्षमा पुगेर मात्र आन्दोलन रोकिने बताएको छ । उसले आइतबारदेखि देशव्यापी आन्दोलन थालेको छ ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन कानुन व्यवसायीले सर्वोच्चको मूलगेटमा दुई घन्टा धर्ना दिएका छन् । उनीहरुले सर्वोच्च परिसरभित्रै जबराविरुद्ध नारा लगाएका छन् ।

मूलगेटमा बारको धर्नाका कारण जबरा शुक्रबारझै आइतबार पनि महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको गेटबाट सर्वोच्च छिरेका थिए । कानुन व्यवसायीले त्यहाँ पनि धर्ना दिएर कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेका थिए । तर, प्रहरीले उनीहरुलाई रोकेको थियो ।

शुक्रबार सुरक्षाकर्मीले कानुन व्यवसायीलाई सर्वोच्च हाताभित्र प्रवेश गर्न नदिए पनि आइतबार हाताभित्र मूलगेटसँगै उनीह्रु धर्नामा बसेका थिए । बिहान साढे ९ देखि साढे ११ बजेसम्म धर्ना दिएको बारले आफ्नै कार्यालयको प्रांगणमा विरोधसभा गरेको थियो ।

नेपाल बारका अध्यक्षा चण्डेश्वर श्रेष्ठले बारले महाभियोग लगाइसकेकाले ‘भ्रष्ट प्रधानन्यायाधिशुले न्याय प्रशासनको काम पनि गर्न नम्ल्निे बताए ।

प्रधानन्यायाधीशले बोलाउने पूर्ण बैठकमा पनि सहभागी नहुन आफूहरुले न्यायाधीशलाई आग्रह गरेको बताउँदै श्रेष्ठले थपे, ‘बारले महाभियोग लगाइसकेकाले भ्रष्ट प्रधानन्यायाधीशलाई न्याय प्रशासनको काम गर्ने अधिकार छैन ।

उहाँको बहिर्गमनपछि के कस्ता कार्य गर्ने भनेर न्यायाधीशहरु पनि होमवर्क गदै हुनुहुन्छ । बारले पनि त्यसरी नै छलफल सुरु गरेको छ । न्याय किनबेच गर्नेलाई हामी सर्वोच्च प्रवेश गर्न दिँदैनौँ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू