बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’ : एक जनाको मृत्यु, दुई घाइते

admin

विराटनगर, कात्तिक २९ :   बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ (जन्मदिन)मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृ त्यु भएको छ।

प्र ह रीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर झ ग डा भएको हो। मोरङ प्र ह रीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृ त्यु भएको जानकारी दिए।

उनका अनुसार घ ट नामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घा इ ते भएका छन्। ह त्या गरिएका दाहाल र घा इते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्र ह रीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्र ह रीले जनाएको छ। बूढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहले दाहाल र थापामाथि खुकुरी प्र हा र गरेको प्र ह रीको भनाइ छ।

खुकुरी प्र हा रबाट ग म्भी र घा इ ते भएका दाहालको उपचारका लागि लैजाँदै गर्दा राति ९ बजेतिर बाटैमा मृ त्यु भएको डीएसपी श्रेष्ठले बताए। दाहालको टाउकोमा खुकुरी प्र हा र गरिएको चो ट थियो।

प्र ह रीका अनुसार दाहालमाथि खुकुरी प्र हा र हुन थालेपछि थापा र घरधनी लिम्बू छुट्याउन गएका थिए। छुट्याउने क्रममा उनीहरुमाथि पनि खुकुरी हानिएको प्र ह रीको भनाइ छ। थापा र लिम्बूको हातमा खुकुरीले काटेको चो ट छ।

डीएसपी श्रेष्ठका अनुसार दुई पक्षबीच भएको विवादको कारण खुल्न सकिरहेको छैन। ‘दुई पक्षबीच केही दिनअघि पनि विवाद भएर मेलमिलाप भएको पाइएको छ,’ उनले भने, ‘फेरि बर्थ–डे पार्टीमा भेट भएपछि पुरानो विवादलाई लिएर झ ग डा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ प्र ह रीको प्रारम्भिक अनुसन्धानबाट आक्रमणमा संलग्नहरु लागुऔषधका दुर्व्यसनी भएको खुलेको छ।

घ ट नामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। घटना अनुसन्धानका क्रममा रहेको भन्दै नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले खुलाएको छैन।

घ ट नाका बारेमा थप बुझ्ने काम भइरहेको बताउँदै डीएसपी श्रेष्ठले घ ट नाको अनुसन्धान थालिएको जानकारी दिए।

उनका अनुसार घ ट नापछि फरार रहेकाहरुको पनि खोजी तीव्र पारिएको छ। वडाध्यक्ष दिलिप चौधरीले पार्टीमा म दि रा सेवन गरेका युवाहरुबीच वि वा द बढेपछि ‘ग्याङ फा इ ट’ भएको बताए। मदिराको नसामा रहेका युवाहरुको झ ग डाले ज्यानै जाने घ ट ना भएको उनको भनाइ छ।

प्रतिक्रिया