काठमाडौँ, कात्तिक २९ : सर्वाेच्च अदालतमा भइरहेको विवादको विरुद्ध एक यूवा समूहले काठमाण्डौँमा मोटरसाईकल र्याली निकालेको छ ।
प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले सरकारमा मन्त्री भाग खोजेको भन्दै कार्तिक दोस्रो हप्तादेखी कानुन व्यवसायीहरुले इजलाश वहिष्कार गर्दै आएका छन् ।
उनीहरुले जबराको राजिनामा माग्दै नभए इजलाश नबस्ने बताउदै आएका छन् । यता जबरा भने आफू संवैधानिक रुपमा नै आएको भन्दै कसैले राजिनामा माग्दैमा नदिने अडानमा छन् ।
यसैबिच दुई हप्तादेखि इजलाश नबस्दा सयौँ सर्वसाधारण मारमा परेको भन्दै साजन विश्वकर्मा र बब्लु गुप्ता नेतृत्वको समूहले विरोध जनाएका छन् । समूहले तत्काल इजलाश सुरु गर्न माग गर्दै मोटरसाइकल र्याली निकालेका हुन् ।
उनीहरुले कानुनी राज्य कायम गर, नागरिकको न्याय रोकन पाईदँैन, न्यायलयलाई बन्दी बनाउन पाईदैँन,वकिल, न्यायधिश हामी चिन्दैनौँ लगायतका नारा लेखिएका पर्चा बोकेर विरोध जनाएका छन् ।
पिएनपी खबरसँग कुरा गर्दै विरोधको नेतृत्व गरेका बब्लुले आफूहरुलाई प्रधानन्यायधिशले पैसा दिएर आन्दोलनमा उतारेको भन्ने समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन् ।
उनले आफूहरु न्यायलयको विवादको पक्ष वा विपक्षमा नरहेको बताउदै न्यायलय सुचालु होस् र न्यायको पर्खाइमा बसेका सर्वसाधारणले छिटो न्याय पाउन् भन्ने माग रहेको बताए ।
त्यस्तै विरोधको नेतृत्व गरिरहेका साजनले अदालतभित्रको राजनीति बन्द हुनुपर्ने र अदालत तत्काल सुचालु गर्नुपर्ने आफूहरुको माग रहेको बताएका छन् । उनले आफूहर निष्पक्ष भएर आन्दोलनमा उत्रिएको बताए ।
बब्लु र साजनले थप के के भने त बाँकी भिडियोमा