थप ४१२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

admin

काठमाडौँ, मंसिर १ : मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार १०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६३ जना र १ हजार ८८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना कोरोनामुक्त भए, १ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ३४ हजार ९३९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृ त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया