तीन दिनसम्म मौसम बदलीको सम्भावना

admin

काठमाडौँ, मंसिर २ : मौसम पूर्वानुमान महाशाखाले बिहीबार (आज) देशमा आंशिकदेखि सामान्य बदली हुने संभावना रहेको जनाएको छ ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण शनिबारसम्म नेपालको मौसम बदली हुने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा पनि आंशिक बदली हुनेछ ।

बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया