अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवालाई

admin

काठमाडौँ, मंसिर २ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।  बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।

भेटको क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्। भेटघाट सौहार्दपूर्ण समेत भएको उनले जनाए।

प्रतिक्रिया