सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ

admin

बनियानी, ३ मङ्सिर : सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्र ह रीले १८ वर्षपछि प क्रा उ गरेको छ ।

फाइल फोटो

प क्रा उ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो ।

सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्र ह रीले बिहीबार प क्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया