प्रचण्डलाई अमेरिकी सहायकमन्त्रीले भने-मंसिर २८ सम्ममा एमसीसी पास नगरे फिर्ता लैजान्छौं

admin

काठमाडौँ, मंसिर ३ : नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने आउँदो मंसिर २८ गते सम्म टुंगो लगाउन समय सीमा दिएका छन् ।

शुक्रबार दिउँसो प्रचण्डसँग माओवादी मुख्यालय पेरिस डाँडामा भेट गर्दै लुले एमसीसी परियोजनाबारे निर्णय गर्न सो डेडलाइन दिएका हुन् । त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सहायकमन्त्री लुले समय सीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन् ।

प्रचण्डले सम्झौताभन्दा पछाडि इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको विषयलाई संशोधन नगरेसम्म पास गर्न समस्या हुने बताएको स्रोतले जनाएको छ ।

‘एमसीसीको शुरुको जुन डकुमेन्ट छ, त्यसमा पछि परिमार्जन गरेर संसदबाट पास गर्नेलगायतका विषय राखिएको रहेछ यसले शंका जन्मायो,’ प्रचण्डले लुलाई भने, ‘त्यो विषयमा तपाईंहरुबाट प्रष्ट धारणा आउनु पर्छ ।

हामी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकार लगायतसँग छलफल गर्छौं र राष्ट्रिय सहमति बनाएर जानकारी दिन्छौं ।’

‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु प¥यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौ भन्नु भएको छ’, प्रचण्डसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले भने ।

भेटमा अध्यक्ष प्रचण्डले स्पष्ट जवाफ दिएनन् । उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौताको सक्कल डकुमेन्टका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए ।

दाहालले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको बताएका थिए । एमसीसी अनुमोदनको विषयमा माओवादी केन्द्रले यसअघि वि रो ध गरेको थियो ।

प्रतिक्रिया