बार उत्रियो प्रधानन्यायाधीशविरुद्ध कडा आन्दोलनमा

admin

काठमाडौँ, मंसिर ३ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले थप एक साताका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शुक्रबार साँझ बसेको नेपाल बार एसोसिएसनको बैठकले आगामी आइतबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम बारे निर्णय लिएको हो।

बारले दंगा प्रहरी अदालतमा प्रवेश गरेको र कानुन व्यवसायीमाथि बल प्रयोग गरेको विरोधमा आइतबार बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेको छ।

न्यायाधीशहरूले शुक्रबारबाटै अन्य मुद्दा हेर्न थाले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा इजलास नजाने बारले निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।

बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाइ विरोध सभा गर्ने तथा बिहिबार र शुक्रबार सर्बोच्चमा धर्ना दिने निर्णय भएको उपाध्यक्ष बस्यालले बताइन्।

प्रतिक्रिया