नेपालीलाई अर्को रोजगारीको अवसर, बेलायतले १० हजार नर्स लैजाँदै

admin

काठमाडौँ, मंसिर ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् ।

नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिएका हुन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्तो अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।

श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमल बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिक मैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने बताए ।

सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया