काँग्रेस नेता लामिछानेको घरमा आगलागी

admin

पोखरा , मंसिर ५ : नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछानेको घरमा आगलागी भएको छ । आज दिउसो करिब ३ बजेतिर उनको घरको दोस्रो तल्लामा आगलागी भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं. २७ लेखनाथको अर्घौंचोकस्थित घरको दोस्रो तलामा रहेको बैठक कक्षमा विद्युत् सर्ट भएर आगलागी भएको र स्थानीय र प्र ह रीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्र ह री नायव उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

आगलागीबाट घरको कोठामा रहेको सामान सबै जलेर न ष्ट भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको उनले बताए ।

प्रतिक्रिया