दक्षिणपन्थीहरु सत्तामा हावी भए : नेता रामबहादुर थापा

admin

काठमाडौँ, मंसिर ६ : नेकपा एमालेका नेता रामबहादुर थापाले दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था ढकेलिएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा थापाले पार्टीभित्र रहेका अराजकतावादीहरुको अन्र्तघात कारण दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था ढकेलिएको बताउनुभएको हो ।

सर्वहारा वर्गलाई पुनः सत्तामा पुर्नस्थापना गर्न अराजकवादलाई परास्त गर्नु पर्ने भन्दै उहाले अराजकतावादीको भ्रमलाई च्यात्न जरुरी रहेको तर्क गर्नुभयो ।

उहाले नेतृत्वको निर्देशन, बिधि र पद्धतीलाई नमान्ने प्रवृति अराजकबाद भएको र अराजकबादलाई अन्त्य नगरेसम्म समाजवाद निर्माण गर्न नसकिने धारणा राख्नुभयो ।

त्यस्तै एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले मुलुकको हित र बिकासका लागि काम गरेकाले नै केपी ओलीमाथि प्रहार भएको र सरकारबाट हटाइएको तर्क गर्नुभयो ।

त्यस्तै उहाले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभयो ।

प्रतिक्रिया