राष्ट्रिय सभा चुनाव एमालेलाई अर्को धक्का

admin

काठमाडौँ, मंसिर ७ : संघदेखि प्रदेशसम्मका पाचँवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ । राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् ।

ती मध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार चार, कांगे्रसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रित्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदै छ ।

यो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सहकार्य गर्ने निर्णय गरेका छन् ।’गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भइसकेको छ,’ माओवादी नेता लीलामणि पोखरेलले भने, ‘कसले कति संख्या लिने भन्नेचाहिँ निर्णय हुन बाँकी छ ।

दलहरुबीच अहिले जसको म्याद सकिन्छ, त्यो उसैले लिने सहमति भएको तर एमालेको आठ सिटमा कसले कति लिने भन्ने टुंगो लाग्न बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।

राष्ट्रिय सभा सदस्यको कार्यालय सकिन ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले माघमा निर्वाचन गर्न लागेको हो । ‘निर्वाचन आयोगले चाँडै कार्यतालिका सार्वजनिक गर्नेछ,’ आयोगका सहायक प्रवक्ता कोमल भमलाले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया