बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

admin

गोरखा, ७ मङ्सिर : गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो । शनिबार दिउँसो कुटपिटबाट घाइते हुनुभएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ । पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया