कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्न

admin

काठमाडौँ, मंसिर ८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र भएका ३२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारीअनुसार एकमात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये तीन जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।उनकाअनुसार एकमात्र निर्वाचन क्षेत्र भएका रसुवा, दार्चुला र धनकुटामा जिल्ला अधिवेशन हुन बाँकी छ ।

“रसुवाले बल्ल चुनावी प्रक्रिया सुरु गर्न लागेको छ । दार्चुलाले अलि पछाडिको तालिका निकालेर अधिवेशन गराउने तयारीमा छ, धनकुटामा आज मनोनयन दर्ता भएको छ, सायद भोलि निर्वाचन प्रक्रिया सुरु हुन्छ,” उनले भने ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएको ४२ जिल्लामध्ये ३१ वटा जिल्लाहरूले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको रिपोर्ट केन्द्रीय निर्वाचन समितिलाई आइपुगेको छ ।

सचिव श्रेष्ठकाअनुसार ११ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छैन । जसमा बर्दीया, बाँके, सप्तरी, सिन्धुपाल्चोक, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेका छन् ।

“बर्दियाले चुनावी प्रक्रिया सुरु भोलि सुरु गर्दैछ । बाँकेको क्षेत्र नम्बर २ मा बाँकी छ, अन्यको परिणाम आइसकेको छ । सप्तरीमा भोलि प्रदेश अधिवेशन हुँदैछ । सिन्धुपाल्चोकमा आज प्रदेश अधिवेशन भएको छ । सिरहामा पालिका तहको अधिवेशन भोलि हुँदैछ ।

धनुषामा आजबाट प्रदेश अधिवेशन सुरु भएको छ । महोत्तरीमा प्रदेश क्षेत्रीय अधिवेशन ३ ‘ख’ बाहेक अन्यमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सर्लाहीमा आज निर्वाचन अधिकृत तोकेर भरत राउत आज त्यता जानुभयो । रौतहटको क्षेत्र नम्बर १ बाहेक अन्यमा चुनावी प्रक्रिया सुरु भएको छ । बारामा पालिका तहको अधिवेशनको प्रक्रिया सुरु भएको छ । पर्सामा पालिका अधिवेशन प्रक्रियामा छ,” श्रेष्ठले भने ।

सचिव श्रेष्ठकाअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १२२ निर्वाचन क्षेत्रको सबै नतिजा आइसकेको छ । अब ४० क्षेत्रको नतिजा आउन बाँकी छ । “बाँकी १५ जिल्लामध्ये ४ जिल्लाको भोलिबाट अधिवेशन हुन्छ,” उनले भने ।

प्रतिक्रिया