बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

admin

काठमाडौँ, मंसिर ९ : बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको छ ।

बुधबार साँझ एटिआर–७२ को जहाज सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।

अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्ष ति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्र ह री कार्यालयले जनाएको छ । स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।

जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो ।

प्रतिक्रिया