थप ३०८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

admin

काठमाडौँ, मंसिर ९ :  मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९८ जना कोरोनामुक्त भए, ३ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार ४२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९०९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख १३ हजार ०२१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

प्रतिक्रिया