राष्ट्रपति भण्डारीद्वारा जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान

admin

काठमाडौँ, मंसिर ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गर्नुभएको छ ।

विहिबार महालेखा परीक्षकको अत्याधुनिक भवन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले व्यापार घाटा कम गर्न जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गर्नुभएको हो ।

उहाँले नेपालमा वेरुजु बढ्नु दुःखद भएको बताउदै विभिन्न नियमनकारी निकाय हुँदाहुदै कसरी वेरुजु आउँछ भन्दै प्रश्न समेत गर्नुभयो । महालेखा परीक्षक टंकमणि शर्माले प्रादेशीक कार्यालय समेत स्थापना हुने भएकाले लेखा परीक्षण छिटोछरितो हुने जानकारी दिनुभयो ।

उहाँले विगतमा माहालेखा परीक्षणको वार्षिक प्रतिवेदन कोराना भाइरसका कारण पेस गर्न नपाएपनि अव भने केही सहज हुने बताउनुभयो । महालेखा परीक्षकको कार्यालय ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ । भवनमा बेसमेन्ट सहित १० तला रहेका छन् ।

अण्डर ग्राउन्ड २ तलाको रहेको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने जनाइएको छ ।

प्रतिक्रिया