एमाले महाधिवेशनको तयारी पूरा (फोटो फिचर )

admin

काठमाडौँ, मंसिर ९ : नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

महाधिवेशन स्थल चितवनको नारायणी नदी किनारमा सबै तयारी सकिएको एमाले सचिव योगश भट्टराईले जानकारी दिएका छन्।

भट्टराईले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर करिब ९७ प्रतिशत काम सकिएको बताए।

यसैबीच भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु चितवन पुग्नेक्रम जारी छ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन्। महाधिवेशनस्थल सिंगार्ने काम भइरहेको छ।

यस्तै उक्त क्षेत्रमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ। महाधिवेशन शुक्रबारदेखि मंसिर १२ गतेसम्म हुनेछ।

प्रतिक्रिया