नेता पुनलाई विश्वमै दुर्लभ रोग, थप उपचार गर्न चीन लगियो

admin

काठमाडौँ, मंसिर १० : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई विश्वमै दुर्लभ देखिने रोगका कारण विदेशमै उपचार गरिएको छ ।

बैंककमा करिब डेढ महिना देखि उपचारार्थ रहेका पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ ।

उनलाई विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिस लागेको चिकित्सकहरुले बताएका छन् । बैंककस्थित समितिभेज अस्पतालवाट उनलाई चिन तर्फ लगिएको हो ।

​पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी दिए । ​समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।

काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन० को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईँले बताए ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरु अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा बैंकक गएका हुन् ।

यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै ग म्भी र भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए । उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जण्डिस दोहोरिएको थियो ।

प्रतिक्रिया