प्रधानमन्त्री देउबा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको : कमल थापा

admin

काठमाडौँ, मंसिर १० :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउबा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

एमालेको दशौँ महाधिवेशनमा शुक्रबार शुभकामना दिदै अध्यक्ष थापाले अहिलेको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको बताउनुभएको हो ।

उहाँले नेपाल विदेशी शक्तिको क्रिडास्थल भएको बताउदै नेकपा एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो ।

अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउदै अध्यक्ष थापाले एमालेलाई जनताले सधै स्मरण गरिरहने तर्क गर्नुभयो ।

अध्यक्ष थापाले एमाले अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भएकाले नेकपा एमालेले १० औं महाधिवेशनबाट राष्ट्रलाई तेतृत्व गर्न सक्ने नेतृत्व चुनिनेमा आफु आशवादी रहेको बताउनुभयो ।

प्रतिक्रिया