माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा : मन्त्री भुसाल

admin

ललितपुर, ११ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताउनुभएको छ ।

दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।”

२१आँै शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उहाँको भनाइ थियो ।

वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया