ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

admin

रुपन्देही, ११ मङ्सिर : सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृ त्यु भएको छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृ त्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठ क्क र दिएको जिल्ला प्र ह री कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

ट्रकको ठ क्क रबाट घा इ ते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १ः३५ बजे मृ त्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्र ह रीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया