बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

admin

जाजरकोट, मंसिर १२ : आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दु र्घ ट ना हुँदा ५ जनाको मृ त्यु भएको छ भने २७ जना घा इ ते भएका छन् ।

फाइल फोटो

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दु र्घ ट ना हुँदा ५ जनाको घ ट नास्थलमै मृ त्यु भएको हो ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । जाजरकोटका प्र ह री डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए ।

घा इ ते रहेका २७ जनालाई प्र ह रीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए ।

राति बस दु र्घ ट ना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । दु र्घ ट नामा मृ त्यु भएकाहरुको सनाखत भइरहेको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया