चितवनमा आगलागी, दुई बालबालिकाको मृ त्यु

admin

चितवन, मंसिर १२ :  राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आ ग ला गी हुँदा उनका नातिनातिहरुको मृ त्यु भएको छ ।

चितवन जिल्ला प्र ह री कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृ त्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् ।

हिजो शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आ ग ला गी भएको थियो ।

राप्ती–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानले बिजुली नपुगेको सो पहाडी गाउँमा सोलारबाट बत्ती बाल्ने गरेको बताए । केटाकेटीहरुले घरमा राखेको सोलारको ब्याट्री खेलाउँदा उक्त दु र्घ ट ना भएको हुन सक्ने वडाध्यक्ष स्याङ्तानको भनाइ छ ।

घ ट नास्थल पुगेर फर्केका राप्ती–१ का वडा सदस्य मोचन तमाङले जितबहादुरको घरबाट उनका छोरा र छोरीको घरमा बत्ती बाल्न तार लगेको बताए ।

‘घरमा कोही नभएको बेलामा जितबहादुरका छोराको छोरा र छोरीकी छोरी खेल्दै खेल्दै गएका रहेछन् । ‘सायद माथि रहेको सोलारको ब्याट्री चलाउँदा नै यस्तो घटना भएको हुन सक्छ,’ वडा सदस्य मोचनले भने ।

उनीहरुको घटनास्थलमै मृ त्यु भएको हो । जितबहादुरको घर पनि जलेर पूर्णरुपमा न ष्ट भएको छ । घरमा रहेको कोदो, १० मुरी धान र फाइबरको ब्लाङ्केटहरु जलेर नोक्सान भएको वडा सदस्य मोचन तमाङले बताए ।

प्रतिक्रिया