विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

admin

काठमाडौँ, मंसिर १३ : सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ ।

गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् ।

मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको छ । मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणका काममा प्रयोग गरेको पाइए छानबिन गरी कारबाही गर्ने भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले भने, ‘गुणस्तर तथा नापतौल विभागले गुुणस्तरहीन भनिसकेपछि यसकोे प्रयोग गर्नै मिल्दैन ।’ निर्माण कम्पनीहरूले र योजना कार्यान्वयन कार्यालय आफैँले पनि यो बुुझ्ने विषय भएकाले अबउप्रान्त प्रयोग नहुने उनले जानकारी दिए ।

विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयअन्तर्गतका निकायले अबउप्रान्त ४३ ग्रेडको मारुती सिमेन्ट प्रयोग गर्न बन्देज लगाएका छन् ।

सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए ।

सडका विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई। शिवप्रसाद नेपालले भने, ‘पूर्वाधार तथा विकास निर्माणको काममा प्रयोग हुने सिमेन्टलगायतका निर्माण सामग्रीको गुणस्तर चेक जाँच नगरीकन कुनै पनि सामग्री प्रयोग हुँदैन ।

त्यसमाथि गुुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन भनिसकेपछि त्यसको प्रयोग गर्नै पाइँदैन । कसैले अटेर गरी प्रयोग गरे छानबिन गरी कारबाही गरिन्छ र निर्माण कम्पनी भए कालोसूचीमा पर्न जान्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

प्रतिक्रिया