बिहान साढे ३ बजे ओलीले छाने पदाधिकारी

admin

काठमाडौँ, मंसिर १३ : निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ ।

जसलाई हलले अनुमोदन गरेको छ । ११ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची बन्दसत्रबाट अनुमोदन गराएका छन् ।

आइतबार मध्यरातमा शुरुमा ओलीले विधानअनुसार तीन सय एक केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेश गरेका थिए । हलबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम बहुमतबाट अनुमोदन भएको छ ।

ओलीले पेश गरेको सूचिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे छन् ।

अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने १९ सदस्यीय पदाधिकारीमा परेका छैनन् । पूर्व माओवादीबाट पदाधिकारीमा तीन नेता समेटिएका छन् ।

ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई ल्याएका छन् ।

सात सदस्यीय सचिवमा ओली टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्याल छन् ।

रायमाझी र भट्ट पूर्व माओवादी समूहका नेता हुन् । ओलीले लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम सिफारिस गरेका थिए, जसलाई पनि हलले अनुमोदन गरेको छ ।

शनिबार बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीसहित केन्द्रीय कमिटीको नाम सिफारिस गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको थियो । ओलीले प्रस्तावित गरेको नाम हलबाट अनुमोदन भएको छ ।

बन्दसत्रको हलमा अनुमोदन भएका तीन सय एक केन्द्रीय सदस्यमा एक सय ९४ जना पुरानै छन् भने बाँकी नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू