यस्ताे छ कांग्रेस महाधिवेशनकाे निर्वाचन तालिका

admin

काठमाडौँ, मंसिर १३ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

प्रतिक्रिया