धर्म परिवर्तन गराउने पाश्चर आचार्यलाई २ वर्ष कैद सजाय

admin

काठमाडौँ, मंसिर १४ : धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाइएको छ ।

मंगलबार (आज) डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको हो ।

अदालतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो । गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य पक्राउ परेका थिए ।

आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पाश्चर आचायले यशुले कोरोना संक्रमण निको पारिदिने भन्दै अफवाह फैलाएका थिए । उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरलसमेत भएको थियो ।

प्रतिक्रिया