एकै परिवारका तीनजना मृतावस्थामा फेला

admin

भीमेश्वर, १५ मङ्सिर : तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृ त फेला परेका छन् ।

मृ त अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्र ह री चौकीका प्र ह री सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिनुभयो ।

झ्यालबाट नियाल्दा तीनैजना मृ त अवस्थामा देखिएकाले घ ट ना स्थललाई सुरक्षित राखिएको उहाँले बताउनुभयो । घ ट नाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्र ह रीचौकी छौंडेबाट घ ट नास्थलमा पुगेका प्र ह री टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्र ह री कार्यालय चरिकोटका प्र ह री नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

मृ त कमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृ त्यु भएको हुनसक्ने प्र हरी ले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया