कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

admin

काठमाडौँ, मंसिर १६ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गर्नुभयो ।

सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनबाट सही ण्नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कांग्रेसले देशमा सधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै उहाँले कांग्रेस लोकतान्त्रिक, सिद्धान्तवादी तथा शान्तिमा विश्वास राख्ने पार्टी भएको बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले यो अधिवेशन चुनौती र अवसरका रुपमा रहेकाले यसले सही र उत्तरदायी नेतृत्वलाई चयन गर्नुपर्ने बताउनुभययो । उहाँले आउँदो आम निर्वाचनमा कांगे्रसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले सो अवसरमा अधिवेशन सफलताको कामना गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया