महाकालीमा जिप दुर्घटना : १० जना घाइते

admin

बैतडी,  मंसिर १६ :  महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ तारलमा जिप दु र्घ ट ना हुँदा १० जना घा इ ते भएका छन्।


बैतडी सदरमुकामबाट बसालीका लागि छुटेको से १ ज २२६ नम्बरको जिप सतबाँझ–सिल्लेगडा सडकखण्डको तारलमा बिहीबार दिउँसो साढे ३ बजे दु र्घ ट नामा परेको हो।

दु र्घ ट नामा घा इ ते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-११ का २३ वर्षीय डम्बर महरा, दशरथचन्द नगरपालिकाकै ५५ वर्षीय खेमराज भट्ट, दोगडाकेदार गाउँपालिका-४ का सागर विष्ट, दोगडाकेदार-५ का भीम धामी, सोही ठाउँकै २५ वर्षीय दीपक कार्की, २७ वर्षीय वीरसिंह कार्की, उनकी २५ वर्षीया पत्नी लक्ष्मी र आठमहिने छोरा सौगात कार्की रहेका छन्।

यस्तै दोगडाकेदार-५ का १९ वर्षीया दुर्गा धामी र दोगडाकेदार गाउँपालिका-७ का नरेश कार्की पनि घाइते भएका घ ट नास्थलबाट अस्थाई ट्राफिक प्र ह री पोष्ट सतबाँझका प्र ह री जवान मोहन विष्टले जानकारी दिए।

घा इ तेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ। अन्य घा इ तेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ।

चालकसहित ११ जना सवार जिप दुर्घटनालगत्तै खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमसहितको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए।

दु र्घ ट नाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको छ। पानीले गर्दा सडक सतह चिप्लो र दु र्घ ट ना भएको स्थानमा सडक भासिएकाले दु र्घ ट ना भएको खुल्न आएको छ। जिपचालक भने फरार रहेका छन्।

प्रतिक्रिया