१० रेफ्रीले दिए सामूहिक राजीनामा

admin

काठमाडौँ, मंसिर १६ : शहीद स्मारक ए डिभिजन लिग खेलाइरहेका १० जना फिफा रेफ्रीले सामूहिक राजीनामा दिएका छन् ।

लिग चलिरहेको समयमा एन्फाले रेफ्रीहरूको ‘फिटनेस टेस्ट’ गर्ने नियम बनाएपछि उनीहरूले राजीनामा दिएका हुन् ।

आज १० जना रेफ्रीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पुगेर सामूहिक राजीनामा दिएका हुन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने लिखित रूपमा ६ जनाको मात्रै राजीनामा आएको बताउनुभएको छ ।

रेफ्रीहरूले ए डिभिजन लिग खेलाइरहेको समयमा फिटनेस परीक्षण गर्न नसक्ने बताएका छन् । रेफ्रीहरूले नै राजीनामा दिएपछि भोलि शुक्रवारदेखि सुरु हुन लागेको लिगका तेस्रो चरणका खेल प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया