पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

admin

काठमाडौँ, मंसिर १७ : पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज (शुक्रबार) आएको छ। कोभ्याक्स सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार उक्त खोप आज दिउँसो कतार एयरवेजमा ल्याइएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ। ने

पालले डब्लूएचओको नीति अनुसरण गर्ने भएकाले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आएको थियो। फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई दिइएको थियो।

मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा अहिलेसम्म कोभिडविरुद्धको लागि भनेर बनाइएका कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनिका, जनसन र फाइजर खोप लगाइसकिएको छ ।

प्रतिक्रिया